पाकेटमार नियन्त्रणमा

घटना मिति:२०७४/०२/०४ गते

समय: १४:१५ बजे ।

घटना स्थान: काठमाण्डौ

घटना संक्षिप्‍त विबरण: काठमाण्डौ महानगरपालीका जडीबुटीबाट काठमाण्डौं बनेपा चल्ने बसमा सवार जिल्ला मोरङ्ग शनैश्चरे २ वस्ने वर्ष २९ को अनिल भन्ने कृष्ण वहादुर खड्काले शिव भण्डारी लगाएत अन्य यात्रीहरुको मोवाईल, पर्स चोरी गर्दै गरेको अवश्थामा पक्राउ गरी महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको, निज व्यक्तिको साथबाट नगद रु.४८,०००/- सहित विभिन्न मुलुकका मुद्राहरु र २ थान Samsungमोवाईल समेत बरामद गरी आबश्यक कारबाहिको लागि महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको, घट्ना सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी ।