४ वटा बालुवाको ट्रक सहित मानिस नियन्त्रणमा

घटना मिति:२०७४/०२/०४ गते

समय: १० बजे ।

घटना स्थान: काठमाण्डौ

घटना संक्षिप्‍त विबरण:काठमाण्डौ जिल्ला टोखा नगरपालीका २ पन्चेटार स्थितबाट बा २ ख २४१३, बा २ ख ७६१७, बा २ ख ६०५९ र बा २ ख ६५२१ नम्बरका ४ वटा मिनि ट्रकहरुले खोलाको बालुवा चोरी निकासी गरि बिना बिलको बेचबिखन गर्न लगिरहेको अवस्थामा, महानगरीय प्रहरी प्रभाग टोखाबाट खटि गएको प्रहरीको गस्ती टोलीले फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला विकास समितिको कार्यालय बबरमहल काठमाण्डौं पठाईएको, घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी ।