छुरा प्रहार गरीहत्या गर्ने अभियुक्त पक्राउ

घटना मिति:२०७४/०२/०२ गते

घटना स्थान: काठमाण्डौ

घटना संक्षिप्‍त विबरण: मिति २०७४/०२/०१ गते राती काठमाण्डौ महानगरपालीका-२५ नघल गल्ली बाङ्गेमुढामा ललितपुर महानगरपालिका-७ पिलाछे घर भई हाल काठमाण्डौ शंखमुल बस्ने वर्ष-१९ को आतिश लामालाई घाँटी तथा कोखामा छुरा प्रहार गरि घाईते बनाएको अवस्थामा फेला पारी उपचारको लागी वीर अस्पताल पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेको । छुरा प्रहार गरी फरार भएका जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.-६ पुरानोबजार, हाल का.म.पा-२५ नघल गल्ली बस्ने बर्ष २३ को लम्बु भाई रोनिश, भन्ने भुषण श्रेष्ठलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले मिति २०७४/०२/०२ गते काठमाण्डौ खिचापोखरीबाट पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको ।