मृत्त अबस्थामा फेला

घटना मिति:२०७४/०१/२५ गते

घटना समय: १९:०० बजे

घटना स्थान: काठमाण्डौ

घटना संक्षिप्‍त विबरण: यसै गरी यहि बैशाख २५ गते १९:०० बजे का.म.न.पा.-३ पानिपोखरी स्थित बाबुकाजि महर्जनको घरमा डेरा गरी बस्ने जिल्ला गोरखा आरुपोखरी गाउँपालीका -५ घर भएका वर्ष २४ को राजन अधिकारीको श्रीमती वर्ष २३ की रञ्जु गुरुङ्गअधिकारी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको । महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले घटनास्थल लास जाँच मुचुल्का कार्य सम्पन्न गरी लास पोष्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाएको । घट्ना सम्बन्धमा अन्य अनुसन्धानकार्य जारी ।