मृत्त अबस्थामा फेला

घटना मिति:२०७४/०१/२६ गते

घटना समय: ०७:१५ बजे

घटना स्थान: काठमाण्डौ

घटना संक्षिप्‍त विबरण: नुवाकोट थानसिंह गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाण्डौ का.म.न.पा. ७ मैजुबहाल स्थित प्रकाश बहादुर बर्माको घरमा डेरा गरी बस्ने वर्ष ५२ को डाछु रोक्‍का आफ्नै कोठामा मृत्त अवस्थामा छ भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालबाट खटिएको प्रहरी टोलीले घटनास्थल लास जाँच मुचुल्का कार्य सम्पन्न गरी लाश पोष्टमार्टमको लागी शिक्षणअस्पताल महाराजगंज पठाईएको ।