|
उपत्यका विशेष सुरक्षा अभियान |
|
(मिति २०६८।०९।२९ गतेदेखि २०६८।१०।१३ गतेसम्म)
(१) प्रस्तावना
वर्तमान परिपेक्ष्यमा राजधानी उपत्यकामा बढिरहेको जनसंख्या, सहरीकरण, अव्यवस्थित बसोवास, बेरोजगारी, बढ्दो सवारी चाप, दिनहुँ हुने राजनीतिक गतिविधि समेतका कारणले सामाजिक सुरक्षामा असर पुर्याउने खालका झै–झगडा, कुटपिट, चोरी, डाका, गुण्डागर्दी, हत्या, अपहरण, ठगी, सवारी दुर्घटना लगायतका अपराधिक घटनाहरूको परिणाम स्वरूप सुरक्षा संवेदनशिलता बढ्न गएकोले तत्काल यस्ता घटनाहरूलाई स्थानीय नागरिक समेतको समन्वयमा उपलब्ध प्रहरी जनशक्ति र श्रोत साधनको व्यवस्थित तवरले परिचालन गरि आम उपत्यकावासीलाई शान्ति सु–व्यवस्थाको थप अनुभूति दिन आवश्यक भएकोले महानगरीय प्रहरी आयुक्तको कार्यालयले यो सुरक्षा अभियान कार्यान्वयनमा ल्याएको छ ।
(२) उद्देश्य
- शान्ति सु–व्यवस्थालाई असर पुर्याउने खालका सुचनाहरूको संकलन गरी विश्लेषण गर्दै सो अनुसार प्रहरी कारवाहीलाई केन्द्रित गर्ने ।
- उपलब्ध जनशक्ति, श्रोत साधनलाई व्यवस्थित र वैज्ञानिक तवरले परिचालन गरि बढि भन्दा बढि गस्ती पट्रोलिङ्ग मार्फत उपत्यकावासीलाई नजिकबाट सुरक्षा अनुभूति दिने ।
- विगतमा घटेका अपराधिक घटनाहरू तथा तत्काल घटित घटनाको अनुसन्धान प्रभावकारी बनाई अपराधिहरूलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ।
- अपराधिक घटना, लागू औषध दूर्व्यसन, ट्राफिक नियम समेतमा सचेतना अभियान चलाई अपराध र अपराधि विरुद्ध नागरिकसँगको सम्वन्ध र समन्वय अझ बलियो बनाउने ।
(३) चुनौतिहरू
- बढ्दो बेरोजगारी र यसबाट उत्पन्न अपराधिक समस्या ।
- चोरी, लुटपाट, ठगी, संगठीत गुण्डागर्दी, अपहरण, फिरौति जस्ता घटना ।
- अन्तर्राष्ट्रिय अपराधिक संजालसँग जोडीएका घटनाहरू ।
- साना हतियारको प्रयोग तथा बेलाबखत हुने विष्फोटनका घटना ।
- लागूपदार्थ दूर्व्यसनी तथा ओसारपसार ।
- आर्थिक कारोवारसँग सम्वन्धित विवादहरू ।
- बढ्दो सवारी चाप र दुर्घटना ।
- रात्रीकालीन व्यवसायबाट उत्पन्न समस्या ।
- दिनहुँ विभिन्न राजनैतिक संगठन तथा संघ–संस्थाद्धारा हुने गतिविधि ।
- सुकुम्वासी एवं सडक विस्तारसँग जोडीएका विवादहरू ।
(४) रणनीति
- अपराध, दण्डहिनता र भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता ।
- उपलब्ध जनशक्तिको बढि भन्दा बढि परिचालन ।
- सादा पोसाक, सहयोगी नागरिक र सरोकारवाला निकायहरूबाट सुचना संकलन ।
- संवेदनशिल स्थानहरूको पहिचान, चेकिङ्ग र एम्वुसिङ्ग ।
- विशेष अप्रेशन र नाकाबन्दी ।
- संगठित गुण्डागर्दी नियन्त्रण ।
- वैज्ञानिक र प्रमाणमूखी अनुसन्धान ।
- सम्वन्धीत निकायहरूसँगको सम्वन्ध र समन्वय ।
- ट्राफिक सचेतना र नियम कार्यान्वयन ।
|