|
सुरक्षा अन्तरक्रिया कार्यक्रम |
महानगरीय प्रहरी र नेपाल उद्योग वाणिज्य महासंघ विच सुरक्षा अन्तरक्रिया कार्यक्रम
मिति २०६८/१०/०४ गते दिउसो १४:०० वजे उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ ,केन्द्रिय कार्यालय टेकुमा उद्योग वाणिज्य महासंघका अध्यक्ष एबं केन्द्रिय पदाधिकारी, उद्योग व्यवसायीहरु र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी आयुक्त प्र.अ.म.नि कुवेर सिंह राना,ट्राफिक महाशाखा प्रमुख,अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख, अपराध महाशाखा प्रमुख, आयुक्त कार्यालयका महाशाखा प्रमुखहरु, परिसर प्रमुखहरु तथा पत्रकारहरु समेतको उपस्थितीमा उद्योग व्यवसाय सुरक्षा सम्वन्धमा सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्र.व.उ.रविराज श्रेष्ठले उद्योग व्यवसाय सुरक्षाका लागी महानगरीय प्रहरीले गर्दे आएको कार्य, चुनौति,भावि रणनिति सम्वन्धमा प्रस्तुतिकरण गर्नु भएको सो कार्यक्रममा उद्योग व्यवसाय महासंघको तर्फवाट अध्यक्ष सुरज बैधले हालै भएको व्यापारी पवन संघाईको अपहरण घटना सफल अनुसन्धान गरी अपराधीलाई कानुनि दायरामा ल्याउन सफल भएकोमा नेपाल प्रहरीको प्रशंसा गर्दै महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख तथा केन्द्रिय अनुसन्धान व्यूरो प्रमुखलाई कदरपत्र प्रदान गर्नु भयो ।
सोही कार्यक्रममा आगामी दिनमा महानगरीय प्रहरी र उद्योग वाणिज्य महासंघ विच सुरक्षा सम्वन्धमा सहकार्य गरेर अगाडी वढ्ने तथा यसका लागि निकट भविष्यमा नै Business Policing को अवधारण वमोजिम योजना तयार गर्न महासंघ र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रतिनिधि सम्मिलित समिति वनाई सहकार्यको लागी प्रतिवेदन तयार गरी पेश गर्ने निर्णय भयो ।
|