Police Commissioner   Kuber Singh Rana

Online Viewers

We have 1 guest online

Counter

Content View Hits : 52886
व्यवसायी पवन कुमार संघाईको अपहरण मुद्धा

“प्रेश विज्ञप्ती”

घटना क्रम

पुस ७ गते २०६८ : उद्योग व्यवसायी पवन जी संघाई कमलादी गणेशस्थान वाट विहानको समयमा अपहरण गर्ने समुह अज्ञात :

उक्त दिन अपरान्ह अपहरितको परिवारको मोवाईल फोनमा पवन जी संघाई को अपहरणरेड मधेशी आर्मी” द्वारा गरिएको आफुलाई विक्रान्त सिंह” नामले चिनाउने व्यक्तिद्वारा जानकारी । रेड मधेशी आर्मी” को लागि हतियार किन्न चाहिने पैसाको लागि अपहरण गरेको ।

पौष ८ गते बताएको बन्धकको आवाज भरिएको रेकर्ड म्यासेज अपहरणकारीद्धारा फोनमा परिवारलाई सुनाईएको ।
पौष ९ गते अपहरणकारीद्धारा फोन सम्पर्क गर्दै बन्धक फिरौतीको लागि २५ करोडको माग । नदिएमा बन्धकलाई मारी दिने र लाश बेपत्ता गर्ने धम्की ।

पौष १२ गते अपहरणकारी फोनमा मधेसी रेड आर्मी र डिफेन्स आर्मीले संयुक्त रुपमा अपहरण गरेकोले बिक्रान्त सिंह नामक व्यक्ति र लामा नाम गरेको व्यक्तिद्धारा हिन्दी र नेपाली भाषामा परिवारलाई थ्रेट सहित पुनः २५ करोड ने.रु.को माग र अन्तिम कुराकानी भएको चेतावनी ।

१५ पौषमा अन्तिम पटक भारतीय नं.बाट विक्रान्त सिंह र लामाजी भन्ने व्यक्तिले २० करोड अन्तिम माग गरेको । तत् पश्चात सम्पर्क बिहिन ।
पौष २७ बिहान : पवन संघाई अपहरण मुक्त भई घर फर्केको सूचना, फिरौती रकम १ करोड तिरिएको ।
माघ १,०६८ : अपहरणमा संलग्न व्यक्तिहरू मध्ये आकाश लामा र बिकाश लामा भन्ने जित बहादुर गोले अपराध महाशाखाको अपहरण अनुसन्धान समूह (पिलर–४) द्धारा पक्राउ ।

माघ २,०६८ : अपहरणका मूल योजनाकार, संयोजक र फिरौती दिएको मुल हिस्सेदारको भूमिकामा रहेको अनुन्धानबाट देखिएका श्याम सुन्दर गुप्ता भैरहवा स्थित निजी निवासबाट पक्राउ । अपहरणमा संलग्न निजी ड्राईभर अमिर आचार्य पनि पक्राउ । अभियुक्त श्याम सुन्दर गुप्ता संविधानसभाका वहालवाला सदस्य भएकोले संविधानसभाका सम्माननीय अध्यक्षज्यूलाई पक्राउको औपचारिक जानकारी ।

माघ ३,०६८: अपहरणमा संलग्न किशोर पाण्डे पक्राउ ।
अपहरण घटना विवरण: अपहरणको अघिल्लो दिन कुसुन्ती स्थित आफ्नै निवासमा आकाश, बिकाश सहित कामको बाँडफाँड ।

  • १ हप्ता देखि श्याम सुन्दर गुप्ताद्धारा किशोर पाण्डेलाई काठमाडौं गणेशस्थान दैनिक दर्शन गर्न आउने पवन संघाईको पहिचान गराए पश्चात घटनाको दिन किशोर पाण्डेलाई आफै बालाजु चोकबाट आफ्नै गाडीमा ल्याई कमलादी गणेशस्थानमा तैनाथि गराए पश्चात किशोर पाण्डेले माईक्रो बसमा आएका ४ जना व्यक्तिलाई पवन संघाईको पहिचान गराए पछि उनीहरूद्धारा पवन संघाईलाई माईक्रो बसमा राखी अपहरित त्यतिवेला श्याम सुन्दर गुप्ता आफ्नै गाडीमा भद्रकालीमा बसी घटनाको निग्रानी ।
  • उक्त बस कुपण्डोलमा पुगेपछि पवन संघाईलाई रातो टाटा सुमो जिपमा रहेका आकाश लामा एवं बिकाश लामाको सहितको टोलीलाई हस्तान्तरण । पवन संघाईको आँखामा टेप लगाईएको ।
  • अपहरित रहेको उक्त गाडी श्याम सुन्दर गुप्ताद्धारा अगवानी (Escort) गर्दै भक्तपुर, धुलिखेलसम्म पुर्‍याएपछि अपहरणकारीद्धारा काभ्रेको सस्र्युखर्कस्थित माया तामाङ्गको घरमा पुर्‍याई बन्धक ।
  • बन्धकको अवस्थामा त्यहाँको अवस्थामा बारे बिकाश लामा भन्ने जित बहादुर गोलेद्धारा पटक–पटक ओहर-दोहर गरी श्याम सुन्दरलाई स्थितिको जाहेरी ।
  • श्याम सुन्दर गुप्ता आफै २ पटक उक्त स्थानसम्म गई बन्धक राख्ने गार्डहरूसँग स्थितिको जानकारी ।
  • यस बिचमा श्याम सुन्दर गुप्ताद्धारा नियुक्त श्याम गिरी तथा अमर थापाद्धारा वीरगंज रक्सौलबाट मधेसी रेड आर्मी र डिफेन्स आर्मी फिरौती माग्दै बन्धक गर्ने धम्की ।
  • श्याम सुन्दर आफै बन्धक छुटाउने मध्यस्त कर्ता बन्दै परिवारबाट फिरौती पैसा लिई आफै गई बन्धक पवन संघाईलाई घरमा छोड्ने बन्दोवस्त ।
  • अपहरण मुक्त गरे पश्चात कुसुन्ती स्थित आफ्नै फ्लाईटमा अपहरणमा संलग्नहरुलाई बोलाई ८० लाख फिरौती आएको भनि कालो प्लाष्टिक ब्यागमा राखेको रूपैंयाको गड्डी देखाई अपहरणमा संलग्नहरुलाई अलग अलग बोलाई पैसा वितरण । आकाश लामा र बिकाश लामालाई ४।४ लाख दिई अरू २० लाख आफ्नो छोराको बिवाह पछि दिने बताएको । अन्य ३ जनालाई पनि ४।४ लाख दिएको र ६० लाख आफैले राखेको ।
  • अपहरणमा संलग्न आकाश तथा बिकाश लामालाई श्याम सुन्दर गुप्ताले विगत ६ महिना देखिनै फ्ल्याट भाडा लिई रानीबुमा बस्ने व्यवस्था गरिदिएको ।

पक्राउ अभियुक्तः-
१. नाम :– श्याम सुन्दर गुप्ता

उमेर :– ६४ वर्ष
पेशा :– राजनीति (सभासद)
स्थायी वतन :– जि. रुपन्देही सिद्धार्थ न.पा.– ५
घटनामा संलग्नता :– मुख्य योजनाकार

२. नाम :- अमिर आचार्य (श्याम सुन्दर गुप्ताको निजी ड्राईभर)

उमेर :– २२ वर्ष
स्थायी वतन :– मकवानपुर हेटौडा न.पा. - ८
घटनामा संलग्नता :– सम्पुर्ण व्यवस्था मिलाउने

३. नाम :– आकाश लामा

उमेर :– ३१ वर्ष
स्थायी वतन :– काभ्रे विर्ता देउराली – २
घटनामा संलग्नता :– अपहृतलाई कुर्ने

४. नाम :– बिकाश लामा भन्ने जित बहादुर गोले

उमेर :– ३८ वर्ष
स्थायी वतन :– मकवानपुर पदमपोखरी –२
घटनामा संलग्नता :– अपहृतलाई कुर्ने

५. नाम :– किसोर पाण्डे

उमेर :– २८ वर्ष
स्थायी वतन :– काठमाण्डौ काभ्रेस्थली - ६
पेशा :- गरूड सेक्युरिटीको रिकभरी युनिटमा काम गर्ने ।
घटनामा संलग्नत :– पवन संघाईलाई अपहरण गर्दा उठाउने व्यक्ति

फरार अभियुक्तहरू :-
अपहरित राखेको घर कुर्ने व्यक्तिहरू:-
१. मिलन लामा (सर्लाही)
२. प्रेम लामा (काभ्रे)
३. हरि के.सी. (सिन्धुली)
अपहरण गर्ने (उठाउने) व्यक्तिहरु:-
१. ईन्द्र गुरुङ्ग समेत अन्य नाम नखुलेको २ जना समेत अन्य
फिरौतीका लागि डिल गर्ने व्यक्ति:-
१. श्याम गिरी (आफुलाई तराई रेड आर्मीको बिक्रान्त भनि फोनमा भन्ने व्यक्ति)
२. अमर थापा (आफुलाई डिफेन्स आर्मीको लामाजी भनि चिनाउने व्यक्ति)