|
भ्रष्टाचार, अपराध र दण्डहिनता बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अक्षरसः पालना गर्ने सन्दर्भमा महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा यस अन्तर्गतका प्रहरी ईकाईहरुमा कार्यरत कुनै पनि प्रहरी कर्मचारीले नीतिको बिपरित हुने गरी कार्य गरेको वा कोही कसैवाट अनुचित लाभ लिएको वा दिने गलत कार्य गरेको वा कुनै पनि अपराध सम्वन्धि निम्न विषयहरुमा सजग र सर्तक रहि जानकारी तत्काल निम्न टेलिफोन नं. वा ठेगानामा खवर गरी अपराध तथा भ्रष्टाचार नियन्त्रण कार्यमा सहयोग गरिदिनु हुन सम्पुर्ण नागरिकहरूमा हार्दिक अनुरोध गरिएको छ ।
- आफ्नो घर जग्गा आदि पसल, अपार्टमेन्ट, गोदाम प्रयोजनका लागि बहालमा दिई त्यसमा बस्ने व्यक्तिहरुको पेशा, चरित्र, व्यवहार एवं गतिबिधि बारे घर धनी आफैले सोधपुछ गरी एकीन हुन ।
- आफ्नो घर जग्गामा बहालमा रहेका व्यक्तिहरु कुनै अपराधिक कृयाकलापमा संलग्न भए/नभएको बुझ्न ।
- आफ्नो घर, अपार्टमेन्ट, पसल, गोदाम आदिमा कोही कसैलाई लुकाई छिपाई राखेको वा बन्धक बनाइएको वा कुनै शंकास्पद गतिबिधि भईरहेको थाहा पाएमा तत्काल प्रहरीलाई खवर गर्न ।
- आफुले सर्तकता नअपनाउदा हुन सक्ने अपराधिक कृयाकलापको कारणले आईपर्न सक्ने कानूनी दायित्व प्रति संवेदनशिल हुन ।
खवर गर्ने ठेगानाः- टेलिफोन नं. १००,०१-४२४८७८५,०१-४२२८४३५ Email Address:-
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Website:- www.nepalpolice.gov.np टोल फ्रि फोन नं. १६६००१४१५१६
|